कञ्चनपुर, ८ फागुन। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफूमाथि लागेको कमिसनको आरोपबारे मुख खोलेका छन् । उनले काठमाडौं फर्किएपछि बाहिरिएको अडियोको विषयमा विस्तृत प्रतिक्रिया दिने बताएका छन् ।
बासकोटाले आफूमाथि लागेको आरोप प्रमाणित भए सजाय भोग्न तयारभएको बताए । बेलडाँडी गाउँपालिकामा आज बिहान आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
राजनीतिक रङ दिएर अफवाह फैलाउनुको अर्थ नभएको बास्कोटा बताउँछन् । आरोप आफैंमा ठूलो कुरो होइन, आरोप दिनदिनै लाग्छ”, उनले भने, “सरकार सञ्चालन गर्दा आरोप लाग्दै जान्छ ।”

आजै कञ्चनपुरको बेलौरीमा नेपाल दूरसञ्चार कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरेका मन्त्री बाँस्कोटाले सरकारले प्रतिबद्धता गरेअनुसार मुलुकका सबै जिल्लामा एक वर्षभित्रै नेपाल टेलिकमको ‘फोर जी’ परियोजना सञ्चालन भएको बताए ।




