काठमाडौं, ८ फागुन । सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले मन्त्रालयका कर्मचारीलाई स्त्रीजन्य अश्लील शब्दले गाली गर्दै दलालसँग कमिसनको कुरा गरेको अडियो बाहिरिएको छ। बाहिरिएको उक्त भिडियो अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ ।
अडियोको सुरुमै एजेन्टले मन्त्री बास्कोटालाई यो १२ गते १२ बजेपछि स्वीस एम्बेसी आउँछ। समय मिलाउनुहोला भनेका छन् ।अडियोमा सेक्युरिटी प्रेसका एजेन्ट र मन्त्री बास्कोटावीच ७४–७५ करोड कमिसन लेनदेनबारे कुरा भएको छ । मन्त्री बास्कोटाले कर्मचारीहरुलाई नभन्नु भन्दै कमिसन लेनदेनमा सहमति जनाएको अडियो सम्वादमा सुन्न सकिन्छ ।

विहीबार सार्वजनिक भएको उक्त अडियोले मन्त्री बास्कोटामाथि गम्भीर प्रश्न उठिरहेको छ। बाहिरिएको उक्त अडियोबारे कुनै प्रमिणित तथ्य भने आएको छैन ।




