झापा,८ फागुन । प्रहरीले इलामको पर्यटकीय गन्तव्य सन्दकपुर क्षेत्रमा ड्रोन उडाउने १० नेपाली युवालाई नियन्त्रणमा लिएको छ ।
भारतसँग सीमा जोडिएको इलामको पर्यटकीय गन्तव्य सन्दकपुर क्षेत्रमा ड्रोन उडाउने १० नेपाली युवालाई बुधबार भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले नियन्त्रणमा लिएको हो ।

प्रहरीले नियन्त्रणमा लिएका उनीहरु गौतम, विश्वास घिमिरे, निश्चल कार्की, देवेन्द्र सिटौला, कमल सुवेदी, दिपेन गौतम, शाहत रिजाल, निमेश भट्टराई, कृष्ण सापकोटा रहेका छन् । सन्दकपुर क्षेत्रमा ड्रोनमार्फत दृश्य र भिडियो कैद गरिरहेका विज्ञानलाई एसएसबीले पक्राउ गरेको जनाइएको छ। भारतीय सुरक्षा अधिकारीले सिंह लिला राष्ट्रिय निकुन्ज क्षेत्रभित्र उनीहरुले अवैध रुपमा ड्रोन उडाएको र त्यही कारण पक्राउ गरिएको दाबी गरेको छ ।
नियन्त्रणमा लिएका उनीहरुलाई बुधबार नै दार्जिलिङको सुकेपोखरी प्रहरी चौकी पुर्याइएको थियो । उनीहरुविरुद्ध भारतीय दण्ड संहिताको धारा २८७, ३३६, ३४ का साथै एयर क्राफ्ट एक्टको धारा ११ र ११ (ए) अन्तर्गत मुद्दा दायर गरिएको छ । त्यस्तै राष्ट्रिय निकुञ्ज संरक्षणसम्बन्धी ऐनको धारा ५१ र ६१ अन्तगृत थप दुई मुद्दासमेत दर्ता गरिएको छ । दार्जिलिङ जिल्ला अदालतले अभियुक्तलाई ५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।




