बैतडी, ७ फागुन । बैतडीमा एक इन्जिनियर एक लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार बिहानै पक्राउ गरेको हो।
जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय पाटन बैतडीका निमित्त कार्यालय प्रमुखसमेत रहेका इन्जिनियर सुरेशराज भट्ट घुससहित अख्तियारले नियन्त्रणमा लिएको जनाइएको छ।

भट्टलाई चमेलिया नदी नियन्त्रण तथा तटबन्ध आयोजना उपभोक्ता समितिबाट घुस माग्दै गरेको अवस्थामा रंगेहात पक्राउ गरिएको बताइएको छ । भट्टलाई कञ्चनपुर लगेर थप अनुसन्धान गरिने स्रोतले बताएको छ ।




