काठमाडौं, ७ फागुन । बुधबार सुनको भाउ उच्च वृद्धि भएको छ । प्रतितोला चार सय रुपैयाँले बढेर ७७ हजार एक सय रुपैयाँ पुगेको हो ।
मङ्गलबार तोलाको ७६ हजार सात सय रुपैयाँ तोकिएर किर्तिमान कायम गरेको सुनको भाउ बुधबार पनि चार सय रुपैयाँले बढेर ७७ हजार एक सय रुपैयाँ पुगेको सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सुनको भाउ अझै बढ्न सक्ने सम्भावना रहेको बताइएको छ । चीनमा फैलिरहेको कोरोना भाइरसको कारण सुनचाँदीको भाउमा असर परेको जनाइएको छ ।

सुनचाँदी व्यवसायीका अनुसार यसअघि अमेरिका र चीनको व्यापार युद्वका कारण बढेको सुनको मूल्य अहिले कोरोना भाइरसका कारण बढेको हो ।




