advertisement

भारतमा सडक निर्माणको बहानामा नेपाली भूमिको दोहन तथा सडकमा प्रयोग गरिएका विस्फोटक पदार्थका कारण नेपालतर्फ गम्भीर क्षति पुगेको छ।

" /> नेपाली भूमिमा भारतद्वारा फेरि हस्तक्षेप - Sarbocha Media

नेपाली भूमिमा भारतद्वारा फेरि हस्तक्षेप

`

     २०७६ फाल्गुन ०६ गते ५:५६

दार्चुला, ६ फागुन । दार्चुलाको सीमार्वती नेपाली भूमिमा भारतले फेरि हस्तक्षेप गरेको छ।

व्याँस गाउँपालिकाको सीमावर्ती  महाकाली नदीमा भारतीय पक्षले एकतर्फी काठेपुल राख्नुका साथै नेपाली भूमिमै आएर डोजर प्रयोग गरी सयौं मिटर सडक खनेको जनाइएको छ ।

भारतीय पक्षले व्यास–२ को दोपखे क्षेत्रमा सीमानदी महाकालीमा काठेपुल निर्माणका साथै नेपाली भूमिको प्रयोग र प्राकृतिक साधनको दोहन गरिरहेको बतइएको छ।

advertisement

भारतमा सडक निर्माणको बहानामा नेपाली भूमिको दोहन तथा सडकमा प्रयोग गरिएका विस्फोटक पदार्थका कारण नेपालतर्फ गम्भीर क्षति पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?