काठमाडौं, ५ फागुन। निवर्तमान उपसभामुख शिवमाया तुम्वाहाङ्फे कानुनमन्त्री बन्ने भएकी छन् । उनकाे आजै कानुनमन्त्रीको रुपमा शपथ ग्रहण हुने तयारी भएकाे जनाइएको छ ।

यसअघि उपसभामुख रहेकी शिवमायाले सभामुखमा दाबी गरेकी थिइन् । तर नेकपा सचिवालयले भने अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय गरेको थियो ।




