advertisement

सूचीमा पप्पुलाई सबैभन्दा धेरै ३ वर्षसम्मका लागि कालोसूचीमा राखिएको छ । अन्य कम्पनीलाई भने एक–एक वर्षका लागि कालोसूचीमा राखिएको छ ।

" /> ३ वर्षका लागि कालोसूचीमा पप्पु कन्स्ट्रक्सन - Sarbocha Media

३ वर्षका लागि कालोसूचीमा पप्पु कन्स्ट्रक्सन

`

     २०७६ फाल्गुन ०५ गते ५:२१

काठमाडौँ, ५ फागुन । पप्पु कन्स्ट्रक्सनसंगै अन्य ५ ठेकेदार कालो सूचिमा परेका छन् । पप्पु कन्स्ट्रक्सनसहित ६ ठेकेदार कालोसूचीमा परेका हुन् ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले सोमबार सार्वजनिक सूचना प्रकाशित गर्दै उनीहरुलाई कालोसूचीमा राखेको जनाएको छ।

कालोसूचीमा पर्नेहरु पप्पुसहित अशोक न्यासुर सञ्चालक रहेको निशा सप्लायर्स, दामोदर दुलालको श्रीदेव सप्लायर्स, विष्णुकुमार कडरियाको सूर्योदय निर्माण एण्ड हाउजिङ कम्पनी प्रालि, बारा कन्स्ट्रक्सन र हरिबहादुर खत्रीको एचबीकेसी निर्माण सेवा रहेका छन् ।

advertisement

सूचीमा पप्पुलाई सबैभन्दा धेरै ३ वर्षसम्मका लागि कालोसूचीमा राखिएको छ । अन्य कम्पनीलाई भने एक–एक वर्षका लागि कालोसूचीमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?