काठमाडौं, ५ फागुन । नेपाल विद्युत प्राधिकरणले आजदेखि तार भूमिगत गर्ने काम सुरु हुँदैछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले महाराजगञ्जबाट तार भूमिगत गर्ने कामको शुभाराम्भ गरिने बतइएको छ । विद्युत प्राधिकरणले पहिलो चरणमा महाराजगञ्ज र रत्नपार्क बितरण केन्द्र अन्तर्गतका तार भूमिगत गर्दैछ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार तारकै कारण कुरुप बनेको सहर सफा बनाउनका लागि तार भूमिगत बनाउन लागेको हो
सडक खनेको १० दिनमै पहिलेको जस्तै अवस्थामा ल्याउने गरी सडक विभागसँग समझदारी गरेको जनाइएको छ । तार भूमिगत गर्नको लागि केईआई इन्ड्रष्ट्रिज लिमिटेडसँग ठेक्का सम्झौता भइसकेको छ ।

महाराजगञ्ज वितरण केन्द्रका तार अन्डरग्राउन्ड गर्न २ करोड ५५ लाख ८१ हजार अमेरिकी डलर र १ अर्ब १ करोड ७० लाख रुपैयाँमा तथा रत्नपार्क वितरण केन्द्रका तार अन्डरग्राउन्ड गर्न २ करोड २९ लाख डलर र ८३ करोड १५ लाख रुपैयाँमा सम्झौता भएको जनाइएको छ ।




