advertisement

फिल्मको सम्पादन तारा थापा ‘किम्भे’ ले गर्नेछन् । त्यस्तै, फिल्ममा कमल राईको कोरियोग्राफी र शिशिर राणाको संवाद छ । अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मासंगै सुनिल थापा, शिशिर राणा, छुल्ठिम गुरुङलगायतका कलाकारहरुको पनि अभिनय रहेको जनाइएको छ ।

" /> पूजालाई आकाशले यसरी घुमाए - Sarbocha Media

पूजालाई आकाशले यसरी घुमाए

`

     २०७६ फाल्गुन ०४ गते ७:२३

काठमाडौं, ३ फागुन । अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्माको मुख्य भूमिका रहेको फिल्म ‘सम्झना बिर्सना’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । फर्स्टलुक पोस्टरसँगै निर्माण टिमले फिल्मको प्रदर्शन मिति पनि घोषणा गरिएको छ ।

‘सम्झना बिर्सना’ आउँदो वर्ष २०७७ को जेठ २ गतेबाट प्रदर्शनमा आउने भएको छ । फिल्मलाई निमेष प्रधान निर्देशन गरेका छन् । यो उनको डेब्यू निर्देशित फिल्म हो । पिल्मको पोस्टरमा फिल्मका प्रमुख आकाश र पूजाको लभ केमेस्ट्री देखाइएको छ ।

प्रणय दिवसको अवसर पारेर पिल्मको पोस्टर शुक्रवार सार्वजनिक गरिएको थियो। सार्वजनिक पोस्टरमा आकाशले डोर्‍याइरहेको घोडामा पूजा सवार छिन् । फिल्मलाई आदित्य प्रधान र रेविका प्रधानले निर्माण गरेका हुन् , भने फिल्मको कथा तथा पटकथा निर्देशक प्रधान आफैले तयार पारेका छन्।फिल्मलाई शिव ढकालले खिचेका हुन् ।

advertisement

फिल्मको सम्पादन तारा थापा ‘किम्भे’ ले गर्नेछन् । त्यस्तै, फिल्ममा कमल राईको कोरियोग्राफी र शिशिर राणाको संवाद छ । अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मासंगै सुनिल थापा, शिशिर राणा, छुल्ठिम गुरुङलगायतका कलाकारहरुको पनि अभिनय रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?