एजेन्सी, ४ फागुन । कोरोना भाइरसबाट ज्यान जानेको संख्या एक हजार ६ सय नाघेको छ । चीनबाट फैलिन सुरु भएको कोरोना भाइरसबाट अहिलेसम्म विश्वभर एक हजार ६ सय ६९ को मृत्यु भइसकेको जनाइएको छ ।

हालसम्म चीनमा मात्रै यो कोरोनाबाट एक हजार ६ सय ६५ जनाको ज्यान गएको छ । त्यसै गरी चीनबाहिर चार जनाको ज्यान गएको तथ्यांक आएको छ । हङकङ, फिलिपिन्स, जापान र फ्रान्समा कोरोनामा एक–एक जना गरी चार जनाको ज्यान गएको छ । कोरोनाबाट संक्रमित हुनेको जम्मा संख्या ६९ हजार पुगेको छ ।



