advertisement

संसद सचिवालयकै कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा १९ असोजमा पक्राउ परेका महरालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको छ । १२ असोजको साँझ संसद् सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कारको प्रयास गरेको आरोप लागेपछि महरालाई १८ कात्तिकमा डिल्लीबजार कारागार चलान गरिएको थियो ।

पुर्पक्षका लागि थुनामा राख्ने जिल्लाको आदेशविरुद्ध महरा ५ मंसिरमा उच्च अदालत गएका थिए ।

" /> बलात्कारको प्रयास गरेको आरोप लागेका निवर्तमान सभामुख महराको अन्तिम सुनुवाइ सुरु - Sarbocha Media

बलात्कारको प्रयास गरेको आरोप लागेका निवर्तमान सभामुख महराको अन्तिम सुनुवाइ सुरु

`

     २०७६ फाल्गुन ०४ गते ६:१६

काठमाडौं, ४ फागुन। बलात्कारको प्रयास गरेको आरोप लागेका प्रतिनिधिसभाका निवर्तमान सभामुख कृष्णबहादुर महराको अन्तिम सुनुवाइ सुरु भएको छ ।

महरामाथि लागेको अभियोगबारे आइतबार अन्तिम सुनुवाइ सुरु भएको हो । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश अमराज पौडेलको इजलासमा अन्तिम सुनुवाइ सुरु भएको छ।सम्भवतः आइतबार नै फैसला आउने बताइएकाे छ । यो भन्दा अगाडि ३ पुषमा महरालाई थुनामा राख्ने जिल्ला अदालतको आदेश उच्च अदालत पनि सदर गरेको थियो । तर, उनको मुद्दा एक महिनाभित्र किनारा लगाउन भनेको थियो ।

advertisement

संसद सचिवालयकै कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा १९ असोजमा पक्राउ परेका महरालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको छ । १२ असोजको साँझ संसद् सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कारको प्रयास गरेको आरोप लागेपछि महरालाई १८ कात्तिकमा डिल्लीबजार कारागार चलान गरिएको थियो ।

पुर्पक्षका लागि थुनामा राख्ने जिल्लाको आदेशविरुद्ध महरा ५ मंसिरमा उच्च अदालत गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?