advertisement

होटेलमा प्याज प्रयोग नगरी नहुने भएपछि जति मूल्य बढे पनि प्रयोग गर्नुपरिरहेको होटेल सञ्चालकहरु बताउँछन्। अरू तरकारी पनि प्रतिकेजी साढे दुई सयभन्दा कम मूल्य नपर्ने भए पनि प्याज भने धेरै महँगिएको गुनासो उपभोक्तहरुले बताए ।

नेपालगञ्ज र सुर्खेतबाटै ढुवानीसहित प्याज प्रतिकेजी २३० रुपियाँमा पुग्ने भएपछि हुम्लामा तीन सय रुपियाँमा बिक्री गर्नुपरेको बाहिरबाट आयात हुने तरकारीको व्यापार गर्दै आएका व्यापारीहरुले जनाए ।

" /> मुलुककाे पहाडी क्षेत्रमा प्याजको मूल्य प्रतिकेजी तीन सय पुगेपछि..... - Sarbocha Media

मुलुककाे पहाडी क्षेत्रमा प्याजको मूल्य प्रतिकेजी तीन सय पुगेपछि…..

`

     २०७६ फाल्गुन ०४ गते ४:५६

सिमकोट, ४ फागुन । मुलुकमा तरकारीको मूल्य आकाशिएको छ । लसुन र प्याजको मूल्य अत्याधिक बढेको छ । यस्तै प्याजको मूल्य काठमाडौ उपत्यका भित्र मात्र होइन पहाडी क्षेत्रमा पनि मूल्य ह्रवातै बढेको पाइएको छ।

केही समय अगाडि काठमाडौं उपत्यकामा उच्च वृद्धि भएको प्याजको मूल्य अहिले भने घटेको छ । तर हिमाली जिल्ला हुम्लामा मूल्य प्रतिकेजी तीन सय रुपैयाँ पुगेको बताइएको छ । सिमकोट बजारमा प्याज प्रतिकेजी तीन सय रुपैयाँ तिरेर उपभोग गर्नु परिरहेको जनाइएको छ।

पहिले साढे दुई सय रुपियाँमा पाइने प्याज अहिले प्रतिकेजी तीन सय रुपैयाँ पुगेको स्थानीयबासी बताउँछन् । सडक यातायात नजोडिएको हिमाली जिल्ला हुम्लामा प्याजको मूल्य प्रतिकेजी तीन सय रुपियाँ पुगेको हो ।

स्थानीयका अनुसार हिउँदमा जिल्लामा प्याज उत्पादन नहुने र नेपालगञ्ज तथा सुर्खेतबाट महँगो हवाई ढुवानी भएर आउने भएपछि प्याजको मूल्य आकाशिएको छ । मूल्य बढेपछि न्यून आयस्रोत भएका स्थानीयले प्याजको प्रयोग गर्न छोडेको छन् ।

advertisement

होटेलमा प्याज प्रयोग नगरी नहुने भएपछि जति मूल्य बढे पनि प्रयोग गर्नुपरिरहेको होटेल सञ्चालकहरु बताउँछन्। अरू तरकारी पनि प्रतिकेजी साढे दुई सयभन्दा कम मूल्य नपर्ने भए पनि प्याज भने धेरै महँगिएको गुनासो उपभोक्तहरुले बताए ।

नेपालगञ्ज र सुर्खेतबाटै ढुवानीसहित प्याज प्रतिकेजी २३० रुपियाँमा पुग्ने भएपछि हुम्लामा तीन सय रुपियाँमा बिक्री गर्नुपरेको बाहिरबाट आयात हुने तरकारीको व्यापार गर्दै आएका व्यापारीहरुले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?