advertisement

गत शुक्रबार राति ९ बजेसम्म कविता आफ्नै घरमा भएको उनको परिवारका सदस्य बताउँछन् । सबै जना सुतेपछि कविता बाहिर निस्केको र त्यही समयमा घाँटी रेटेर हत्या भएको हुनसक्ने अनुमान लगाइएको छ ।

" /> १७ वर्षीया कविताकाे घाँटीको श्वासनली काटेर हत्या, हत्यामा संलग्न व्यक्ति फरार - Sarbocha Media

१७ वर्षीया कविताकाे घाँटीको श्वासनली काटेर हत्या, हत्यामा संलग्न व्यक्ति फरार

`

     २०७६ फाल्गुन ०४ गते ४:२९

सल्यान, ४ फागुन । किशोरीको घाँटी रेटेर हत्या भएकाे तीन दिन वितिसक्दा पनि हत्यामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिन सकेको छैन ।

शुक्रबार त्रिवेणी गाउँपालिका– १ तल्लो काभ्राकी एक किशोरीको घर नजिकै घाँटी रेटेर हत्या भएको थियो । १७ वर्षीया कविता बोहराको हत्यामा संलग्न व्यक्ति फरार नै रहेका छन् ।

कविताको घाँटीको श्वासनली काटेर हत्या गरेको अवस्थामा शव फेला परेको सल्यानका प्रहरीले बताए । शव घरभन्दा करिब १० र १५ मिटर टाढा गाईवस्तु सार्ने ठाउँमा फेला परेको थियो । प्रहरीले आइतबार बिहानसम्म कसैलाई नियन्त्रणमा नलिएको बताइएको छ। । घटनाको अनुसन्धान भइरहेको जनाइएको छ।

advertisement

गत शुक्रबार राति ९ बजेसम्म कविता आफ्नै घरमा भएको उनको परिवारका सदस्य बताउँछन् । सबै जना सुतेपछि कविता बाहिर निस्केको र त्यही समयमा घाँटी रेटेर हत्या भएको हुनसक्ने अनुमान लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?