जनकपुर, ३ फागुन । जनकपुरमा मन्त्रीलाई कालोमोसो दल्न गएका ५ जना भन्दा बढी युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।सामाजिक विकास मंत्री नवल किशोर साहलाई कालोमोसो दल्न गएका राजपा समर्थित युवालाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको हो ।
जनकपुरधामको जानकी हेल्थ केअर एंड टीचिंग हस्पिटलका एक कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी हुन पुगेका मंत्री साहलाई युवा विद्यार्थिहरुले कालो झण्डा र कालोमोसो दलने कार्यक्रम राखेको थियो ।

राजपा धनुषाका जिल्ला अध्यक्ष र विद्यार्थीका समेत केंद्रीय अध्यक्ष रहेका ज्ञानेन्द्र झा ज्ञानू र मंत्री साहबीच सुक्रबार सामान्य भना – भन भएको थियो । उक्त विषयलाई लिएर आज युवाहरु मंत्री साहको विरोध गर्न राम जानकी अस्पताल पुगेको थियो ।
प्रहरीले नियन्त्रणमा लिएका युवाहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषामा लागिएको बताइएको छ।




