एजेन्सी ३ फागुन । हैटीस्थित अनाथालयमा आगलागी हुँदा कम्तीमा १५ बालबालिकाको ज्यान गएको छ ।
अमेरिकाको धार्मिक गैरनाफामूलक संस्थाले हैटीमा सञ्चालन गरेको अनाथालयमा शुक्रबार आगलागी हुँदा कम्तीमा १५ बालबालिकाको ज्यान गएको हो ।अनाथालयको चर्चबाट सुरु भएको आगोमा जलेर ती बालबालिकाको मृत्यु भएको बताइएको छ ।

अग्नि नियन्त्रण संस्थाका अधिकारीहरूले बलिरहेको क्यान्डलबाट आगलागी भएको हुनसक्ने अनुमान गरेका छन् । तर, ठोस कारण अहिलेसम्म पत्ता लागिसकेको छैन ।



