पाल्पा,३ फागुन । पाल्पामा १४ जना जुवाडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शुक्रवार साझ जिल्ला प्रहरी कार्यालय पाल्पाले जुवाको खालबाट उनीहरुलाई ८ बुक तास र १ लाख ३ हजार २ सय ८५ रुपियाँ रकमसहित नियन्यत्रणमा लिएको हो ।
नियन्त्रणमा लिएका जुवाडेहरु घरबेटी रामपुर नगरपालिका ५ का ५१ वर्षिय रुद्र कुमार श्रेष्ठ, सोही स्थानका नगेन्द्र पाण्डे, काशीनाथ रेग्मी, श्यामकान्त शर्मा,फत्त बहादुर थापा, भेष बहादुर शाही, यादव प्रसाद भण्डारी, मुक्ती थापा, रामपुर वडा नं।.४ का चाम बहादुर शाही, जोर महमद, निलकण्ठ खाम्चा, देव सेन, तिर्थ बहादुर थापा र निस्दी गाँउपालिका ४ का पूर्ण बहादुर बारघरे रहेको जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको छ ।

नियन्त्रणमा लिएका १४ जनालाई जिल्ला सदरमुकाम ल्याइएको जनाइएको छ। । उनहिरुलाई जिल्ला प्रहरी कार्यलय पाल्पामा राखी थप अनुसन्धान भैरहेको छ । जिल्लाको रामपुर नगरपालिका–५, रानाटोलबाट स्थानीय रुद्रकुमार श्रेष्ठको घरबाट विशेष सुराकीको आधारमा जुवाडेलाई नियन्त्रणमा लिएको छ ।




