advertisement

तत्कालीन जनयुद्धको बलमा भएको २०६२/६३को जनआन्दोलनले राजतन्त्र अन्त्य गरेको थियो । माओवादी बिभाजन भएर वैद्य समूह अलग भएको थियो । प्रचण्ड नेतृत्वको माओवादीले भने तत्कालीन नेकपा एमालेसँग पार्टी एकता गरेको थियो । हाल प्रचण्ड एमाले र माओवादी एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अध्यक्ष छन् । यसैबीच जनयुद्ध र जनआन्दोलनका शहीदहरुको स्मृतिमा नेकपाका भ्रातृ संगठनहरुले आज बिभिन्न कार्यक्रम गरिरहेका छन् ।

" /> प्रधानमन्त्री ओली गएनन् जनयुद्ध दिवसको कार्यक्रममा - Sarbocha Media

प्रधानमन्त्री ओली गएनन् जनयुद्ध दिवसको कार्यक्रममा

`

     २०७६ फाल्गुन ०१ गते ५:५०

काठमाडौं, ०१ फागुन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा जनआन्दोलन तथा जनयुद्धका शहीदहरुको स्मृतिमा श्रद्धाञ्जली सभा आयोजना गरी मानाउँदै छ ।

आज विहीबार आयोजना गरिएका सो कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाललगायतका नेताहरु सहभागी भएका छन् । तर पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भने उपस्थित हुनुभएको छैन । तत्कालीन माओवादीले जनयुद्ध सुरु गरेको अवसर पारेर फागुन १ गते जनयुद्ध दिवस मनाउँदै आएको थियो । पार्टी एकतापछि कार्यक्रमको नाम परिवर्तन गरेर ‘जनआन्दोलन तथा जनयुद्धका शहीदहरुप्रति श्रद्धाञ्जली’ राखिएको हो ।

पार्टी एकता भएपनि अघिल्लो वर्ष यो कार्यक्रममा सहभागी नहुनु भएको प्रधानमन्त्री ओली यसपाली सहभागी हुने बताइएको थियो। तर अन्तिम समयमा ओली सहभागी हुनु भएन । प्रचण्ड नेतृत्वको तत्कालीन माओवादीले २०५२ साल फागुन १ गतेदेखि १० वर्षसम्म सशस्त्र युद्ध सञ्चालन गरेको थियो । सरकार र माओवादी दुवै पक्षबाट १७ हजार जनाको ज्यान गएको सोही युद्धलाई ‘जनयुद्ध’ भन्ने गरिन्छ । २०६३ मंसिर ५ गते हतियार बिसाउँदै माओवादी शान्ति प्रक्रियामा आएको थियो ।

advertisement

तत्कालीन जनयुद्धको बलमा भएको २०६२/६३को जनआन्दोलनले राजतन्त्र अन्त्य गरेको थियो । माओवादी बिभाजन भएर वैद्य समूह अलग भएको थियो । प्रचण्ड नेतृत्वको माओवादीले भने तत्कालीन नेकपा एमालेसँग पार्टी एकता गरेको थियो । हाल प्रचण्ड एमाले र माओवादी एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अध्यक्ष छन् । यसैबीच जनयुद्ध र जनआन्दोलनका शहीदहरुको स्मृतिमा नेकपाका भ्रातृ संगठनहरुले आज बिभिन्न कार्यक्रम गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?