काठमाडौं, ०१ फागुन । बिहीबार सुनको भाउ प्रति तोलामा तीन सयले बढेको छ ।
सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ प्रति तोलामा तीन सयले बढेर ७६ हजार रुपैयाँ पुगेको छ । बुधबार तोलामा दुई सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ७५ हजार सात सय रुपैयाँ तोकिएको थियो ।

यस्तै चाँदीको भाउ बिहीबार तोलामा पाँच रुपैयाँ बढेर तोलाको आठ सय ८० रुपैयाँ पुगेको छ ।




