ट्याक्टर दुर्घटना हुँदा चारको घटनास्थलमै ज्यान गयाे, १५ घाइते

`

     २०७६ माघ २९ गते २:५९

नवलपरासी माघ २९। पूर्वी नवलपरासीको बुलिङ्गटार गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा चारको ज्यान गएको छ भने १५ जना घाइते भएका छन् ।

बुलिगंटार गाउँपालिका वडा नं ३ मा डाडाँझेरीको छरछरेबाट बुलिगंटारतर्फ फर्कदैं गरेको लु ४ त २५५६ नंम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवारचार जनाको घटनास्थलमै ज्यान गएको र १५ जना घाइते भएका बुलिगंटार प्रहरी चौकीले जनाएको छ ।

दुर्घटनामा मृत्यु भएकाहरु बुलिगंटार गाउँपालिका वडा नं ३ बतासा गाउँका ५० बर्षे यमसिहं सारु मगर, ३२ बर्षका नरबहादुर सुस्लिगं मगर,२५ बर्षका नेपाल प्रहरीका जवान लिलबहादुर सारु मगर, र ४५ बर्ष का पुर्णप्रसाद माकिम मगर रहेको प्रहरीले जानकारी दिएको छ।

उक्त दुर्घटना साँझ ८ बजे तिर भएको बताइएको छ। दुर्घटनामा घाइते भएकाहरु मध्ये दुर्इको अबस्था गम्भीर रहेको र घाइतेलाई भरतपुर अस्पताल ल्याएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?