advertisement

ललिता निवासको जग्गा हिनामिना प्रकरणमा उपसभापति विजयकुमार गच्छदारलाई प्रतिवादी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरे यता कांग्रेसले संसद अवरुद्ध गर्दै आएको थियो ।

" /> अब प्रतिनिधि सभाकाे बैठक अवरोध नगर्ने नेपाली कांग्रेसकाे निर्णय - Sarbocha Media

अब प्रतिनिधि सभाकाे बैठक अवरोध नगर्ने नेपाली कांग्रेसकाे निर्णय

`

     २०७६ माघ २८ गते ७:०७

काठमाडौं, २८ माघ । नेपाली कांग्रेसले अब प्रतिनिधि सभा बैठक अवरोध नगर्ने निर्णय गरेको छ ।

कांग्रेस संसदीय दलको मंगलबार सिंहदरबारमा बसेको बैठकले सो निर्णय गरेको बताइएको छ । बैठकको सुरुमा आफ्नो कुरा राख्ने र संसद सञ्चालन हुन दिने जनाइएको छ। यो भन्दा अगाडि कांग्रेसले संसद अवरुद्ध गर्दै आएको थियो । प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बोलाइएको छ ।

advertisement

ललिता निवासको जग्गा हिनामिना प्रकरणमा उपसभापति विजयकुमार गच्छदारलाई प्रतिवादी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरे यता कांग्रेसले संसद अवरुद्ध गर्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?