advertisement

अस्पतालका अनुसार विश्वकर्माको दुवै हातको औ‌ँला चुँडिएको र ढाड भाँचिएको छ । घाइते भएका चार जना गौमूल स्वास्थ्य चौकीमा उपचार गरेर घर फर्किएका छन् ।

" /> बाजुरामा बँदेलको आक्रमणबाट आठ घाइते - Sarbocha Media

बाजुरामा बँदेलको आक्रमणबाट आठ घाइते

`

     २०७६ माघ २७ गते ५:०४

बाजुरा, २७ माघ । बाजुरामा बँदेलको अक्रमणबाट ७ जना घाइते भएका छन् । घाइतेमध्य एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।

गौमूल गाउँपालिका–३ माझपालिको धर्मोदय आधारभूत विद्यालयमा सरसरफाई गरिरहेका उनीहरुलाई बँदेलले आक्रमण गरी घाइते बनाएको बताइएको।

बँदेलको आक्रमणबाट घाइते भएकाहरु ५० वर्षीय जगत विश्वकर्मा, ४० वर्षीय पूर्ण वि।क, ५० वर्षीय डवल रोकाया, ४५ वर्षीय धनबहादुर रोकाया, ४० वर्षीय प्रेम रोकाया, ४० वर्षीय मेश रोकाया र ४२ वर्षीय लाल कामी रहेका छन् ।

्जगत विश्वकर्माको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ। विश्वकर्मालाई उपचार संभव नभएपछि अन्यत्र रिफर गरिएको जिल्ला अस्पताल बाजुराले बताएको छ ।

advertisement

अस्पतालका अनुसार विश्वकर्माको दुवै हातको औ‌ँला चुँडिएको र ढाड भाँचिएको छ । घाइते भएका चार जना गौमूल स्वास्थ्य चौकीमा उपचार गरेर घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?