काठमाडौं, २६ माघ । आइतबार सुनको भाउ बढेको छ । आज सुन प्रतितोलामा ४ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज तोलाको ७६ हजार रुपैयाँ निर्धारण गरिएको छ । शुक्रबार पनि सुनको भाउ प्रतितोलामा ४ सय रुपैयाँ नै बढेर ७५ हजार ६ सय रुपैयाँ पुगेको थियो ।

आज चाँदी भने तोलामा ५ रुपैयाँ घटेर तोलाको ८ सय ८० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।




