काठमाडौं २६ माघ। नारायणी नदीमा फागुन महिनादेखि पानीजहाज सञ्चालनमा आउने भएको छ ।
भरतपुर महानगरपालिका–१६ मा क्रुजसीप (सानो पानीजहाज) निर्माणको काम अन्तिम चरणमा पुगेको बताइएको छ । उक्त कम पूरा भएपछि पानीजहाज संचालन आउने जनाइएको छ। सरकारले पानी जहाजसम्बन्धी उद्योग दर्ता गर्न पाउने निर्णय गरेसँगै उक्त जहाज निर्माण शुरुआत भएको थियो ।
क्रुजसीप निर्माण गर्दै गरेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलका अनुसार मन्त्रिपरिषद्को बैठकले पानीजहाजसम्बन्धी उद्योग दर्ता गर्न पाउने निर्णय गरेसँगै अगामी महिनादेखि सानो जहाज सञ्चालनमा ल्याइने भएको हो ।

हाललाई क्रुजसीपको सञ्चालनका लागि तीन जना विदेशी क्रिउ मेम्बर र प्राविधिक विदेशी रहेका छन् ।




