एजेन्सी, २३ माघ । चीनमा कोरोना भाइरसबाट ज्यान जानेको संख्या ५ सय ६३ पुगेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार बिहीबार बिहानसम्म चीनमा भाइरसबाट मृत्यु हुनेको संख्या ५६३ पुगेको हो ।
त्यस्तै भाइरसबाट चीन बाहिर फिलिपिन्स र हङकङमा एक–एक जना गरी ५६५ को ज्यान गएको छ । चीनको वुहानबाट फैलिएको भाइरस अहिले विश्वभर फैलिरहेको छ ।

चीनमा मात्रै कोरोना भाइरस संक्रमितको संख्या २८ हजार १८ पुगेको छ। चीन र विश्वका विभिन्न दुई दर्जन मुलुकमा गरी संक्रमितको संख्या २८ हजार २ सय ६१ पुगेको जनाइएको छ।




