advertisement

आगामी आर्थिक वर्षभित्रै सेवा बन्द गरेर त्यसका ग्राहकलाई पछिल्लो पुस्ताको फोरजी ग्राहकका रूपमा रूपान्तरण गरिने अधिकारीले जनाए ।

" /> नेपाल टेलिकमको सीडीएमए सेवा बन्द हुँदै - Sarbocha Media

नेपाल टेलिकमको सीडीएमए सेवा बन्द हुँदै

`

     २०७६ माघ २३ गते ६:०७

काठमाडौँ, माघ २३ । नेपाल टेलिकमको कोड डिभिजन मल्टिपल एक्सेस (सीडीएमए) सेवा बन्द गर्ने भएको छ । विश्वव्यापी रूपमै सीडीएमए प्रविधिको विकास रोकिएकाले सेवा बन्द गर्ने भएको हो ।

करिब १५ वर्ष पूरानो उक्त सेवा बन्द गरेर त्यसका हाल कायम ग्राहकलाई फोरजीमा रूपान्तरण गर्ने बताइएको छ । कम्पनीको वायरलेस सेवामा एकरूपता ल्याउने उद्देश्यसहित यो सेवा बन्द गर्ने तयारी भएको बुधबार कम्पनीको१६औँ वार्षिकोत्सवका अवसरमा प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए।

advertisement

आगामी आर्थिक वर्षभित्रै सेवा बन्द गरेर त्यसका ग्राहकलाई पछिल्लो पुस्ताको फोरजी ग्राहकका रूपमा रूपान्तरण गरिने अधिकारीले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?