advertisement

ठक्कर दिने टिप्पर फरार रहेको बताइएको छ। उक्त टिप्परको खोजी कार्य भइरहेको प्रहरीले जनाए ।

" /> कलंकी अण्डरपासमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुईकाे मृत्यु - Sarbocha Media

कलंकी अण्डरपासमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुईकाे मृत्यु

`

     २०७६ माघ २३ गते ३:४२

काठमाडौं, २३ माघ । कलंकीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ । कलंकीको अण्डरपासमा टिपरको ठक्करबाट दुई जानाको ज्यान गएको हो ।

गएराति एकै दिशातर्फ जाँदै गरेको प्रदेश २ ०३००४ प ५५० नम्बरको मोटरसाइकललाई टिपरले ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएका थिए । घाइते भएका मोटरसाइकलमा सवार रौतहट कटहरिया गाउँपालिका ४ का १९ वर्षीय राकेशकुमार चौधरी र कटहरिया ७ का २४ वर्षीय मुन्ना चौधरीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिए ।

advertisement

ठक्कर दिने टिप्पर फरार रहेको बताइएको छ। उक्त टिप्परको खोजी कार्य भइरहेको प्रहरीले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?