काठमाडौं, २२ माघ । चीनमा रहेका नेपालीलाई स्वदेश फर्काउने तयारी पूरा भएको छ ।
नेपाली दूतावासका अनुसार चीनमा गर्नुपर्ने सबै काम पूरा भएको र अब नेपालमा राख्ने ठाउँको टुङ्गो लगाएर जानकारी गराएपछि नेपालीलाई फर्काउने काम थालिनेछ । चीनको हुबेई प्रान्तसहित विभिन्न ठाउँबाट १ सय ८० नेपालीले स्वदेश फर्कन आवेदन दिएका छन् ।

चीनबाट फर्कने नेपालीलाई खरिपाटीमा रहेको विद्युत प्राधिकरणको तालिम केन्द्र वा पाँचखालको शान्ति कार्य तालिम केन्द्रमा राख्ने तयारी भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।




