काठमाडौँ, २२ माघ । जनकपुर–जयनगर रेल फागुन दोस्रो सातासम्ममा सञ्चालनमा आउने भएको छ । रेल खरिद प्रक्रिया अन्तिम चरणमा रहेकाले चाँडै सञ्चालनमा आउने भएको हो ।
नेपाल सरकारले भारत सरकारसँग जीटूजीअन्तरगत खरिद गर्न लागेको रेल ल्याउन डिसेम्बर १५ देखि २० सम्म भारत भ्रमण गरेका जनाइएको छ । दुवै रेलको कूल रकम भ्याटबाहेक करिब ८५ करोड रहेको रेल विभागले बताएको छ ।
रेल विभागका अनुसार भारतीय फ्याक्ट्रीमा निर्माण भइरहेको रेलमध्ये सम्झौताबमोजिम एउटा महिनाअघि र अर्को एक महिनापछि डेलिभरी गर्नेछ । पूराना पूर्वाधार र रोलिङ सटक काम लाग्ने अवस्थामा नरहेकाले नयाँ शक्ति तथा नयाँ प्रविधिसँगै विभागले आवश्यक अध्ययन अनुसन्धान गरिरहेको बताइएको छ । हाल भारत सरकारबाट विज्ञ २६ जना कर्मचारी लिने सहमति भएको छ ।

यसबाहेक नेपालीका लागि सरकारले दरबन्दी आह्वान गर्न २ सय जनाको माग गर्न स्वीकृति दिएको छ । हाल विभिन्न ४५ पदका लागि २ सय २६ दरबन्दीमा कर्मचारी नियुक्त गर्ने भएको छ । सरकारले रेल रञ्चालनसम्बन्धी विधेयक पनि संसदमा दर्ता गरिसकेको छ ।




