advertisement

ना. ६ ख ६५२७ नम्बरको ट्रकका सहचालक परियार र सुशील थापा मगरले भुजेलसँग हेटौंडा–११ थानाभर्‍याङमा शारिरीक सम्पर्कका लागि ७ हजार रुपैयाँमा सहमति गरेको बताइएको छ । तर पैसा दिने समय विवाद भएपिछ उनीहरुले अजिताको हत्या गरेका जनाइएको छ।

" /> शारीरिक सम्बन्धपछि पैसाबारे विवाद हुँदा भुजेलको हत्या भएको खुल्याे - Sarbocha Media

शारीरिक सम्बन्धपछि पैसाबारे विवाद हुँदा भुजेलको हत्या भएको खुल्याे

`

     २०७६ माघ २१ गते ७:३३

मकवानपुर, २१ माघ । शारीरिक सम्बन्धपछि पैसाबारे विवाद हुँदा अजिता भुजेलको हत्या भएको खुलेको छ । तेस्रो लिंगी अजिता हत्या भएको १८औं दिनमा आज हत्यामा संलग्न रहेका पाँच जनालाई प्रहरीले सार्वजनिक गरेको हो ।

भुजेलको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले हेटौंडा–९ का १८ वर्षीय सिमोन परियार, हेटौंडा–४ का २५ वर्षीय सुशील थापा मगर, हेटौंडा–११ की २० वर्षीया एलिसा पाख्रिन, हेटौंडा–४ का २४ वर्षीय आशिष बल र हेटौंडा–४ का २१ वर्षीय बुद्ध लामालाई प्रहरीले सार्वजनिक गरेको हो । भुजेलको शव माघ ४ गते हेटौंडा–क्याम्पाडाँडास्थित कान्ति लोकपथमा फेला परेको थियो ।

advertisement

ना. ६ ख ६५२७ नम्बरको ट्रकका सहचालक परियार र सुशील थापा मगरले भुजेलसँग हेटौंडा–११ थानाभर्‍याङमा शारिरीक सम्पर्कका लागि ७ हजार रुपैयाँमा सहमति गरेको बताइएको छ । तर पैसा दिने समय विवाद भएपिछ उनीहरुले अजिताको हत्या गरेका जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?