advertisement

२१ जनवरीमा हुबेई प्रान्तको वुहानमा रहेका ती व्यक्ति त्यसको दुई दिनपछि गोन्जाउ–सेन्जन–हङकङ एक्सप्रेस रेल लिंकमार्फत हङकङ फर्किएका थिए । अहिलेसम्म चीनमा ४ सय २५ जनाको ज्यान गइसकेको छ भने २० हजार ४ सय ३८ संक्रमित भएका छन् ।

" /> हङकङमा पनि कोरोना भाइरसबाट एक जनाको ज्यान गयाे - Sarbocha Media

हङकङमा पनि कोरोना भाइरसबाट एक जनाको ज्यान गयाे

`

     २०७६ माघ २१ गते ६:११

काठमाडौ, २१ माघ । हङकङमा कोरोना भाइरसबाट एक जनाको ज्यान गएको छ । यो चीनबाहिर भाइरसको कारणबाट ज्यान गएको यो दोस्रो घटना हो ।

केही दिन अगाडि फिलिपिन्समा १ जनाको ज्यान गएको थियो । हङकङको क्वी चुईस्थित प्रिन्सेस मार्गरेट अस्पतालमा ३९ वर्षीय पुरुषको उपचारका क्रममा निधन भएको छ ।

मंगलबार बिहान एक व्यक्तिको ज्यान गएको जनाइएको छ । कोरोनाको संक्रमणले मुटु फेल हुँदा ती व्यक्तिको ज्यान गएको चिनियाँ मिडियाले उल्लेख गरेको छ । उनी आमासँगै हङकङको वामोपा गार्डेनमा बस्दै आइरहेका थिए । उनीबाटै आमामा पनि संक्रमण सरेको पाइएको छ ।

advertisement

२१ जनवरीमा हुबेई प्रान्तको वुहानमा रहेका ती व्यक्ति त्यसको दुई दिनपछि गोन्जाउ–सेन्जन–हङकङ एक्सप्रेस रेल लिंकमार्फत हङकङ फर्किएका थिए । अहिलेसम्म चीनमा ४ सय २५ जनाको ज्यान गइसकेको छ भने २० हजार ४ सय ३८ संक्रमित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?