advertisement

देशको पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको छ ।

" /> आज राति हिमपात र वर्षा हुने सम्भावना - Sarbocha Media

आज राति हिमपात र वर्षा हुने सम्भावना

`

     २०७६ माघ २१ गते ३:१३

काठमाडौं, २१ माघ । देशको पहाडी क्षेत्रमा आज राति हिमपात र वर्षाको सम्भावना रहेको छ ।

मंगलबार बिहान सार्वजनिक गरेको पूर्वानुमान सूचनामा मौसम पूर्वानुमान महाशाखाले आज राति पहाडी क्षेत्रमा वर्षा र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको जनाएको हो ।

‘राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया सफा रहने महाशाखाले जारी गरेको सूचनमा उल्लेख गरेको थियो।

advertisement

देशको पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?