एजेन्सी, २० माघ । चीनमा कोरोना भाइरसको संक्रमने फैलिदै गएपछि रातरात अस्पताल बनेको छ । चीनको वुहान शहरमा १० दिनमै अस्पताल तयार गरेको हो।

चीनले गत जनवरी २३ बाट बनाउन सुरु गरिएको उक्त अस्पताल १ हजार बेड रहेको जनाइएको छ । १० दिनमा नै कोरोना भाइरसका लागि छुट्टै अस्पताल तयार पारेको हो। अस्पतालमा चीनले १४ सय मेडिकल स्टाफलाई अस्पतालमा पठाइसकेको जनाइएको छ।

१४ सय मध्ये ९५० जना साधारण तर्फका मेडिकल स्टाफ र चिनिया लिबरेसन आर्मीका ४५० जनालाई उक्त अस्पतालमा खटाइसकेको छ। चीनको स्वास्थ्य मन्त्रालयका अनुसार उपचार सुरु आजदेखि औपचारिक रुपमा थाल्नेछ । अस्पताल निर्माणमा चीनको सेनाले सहयोग गरेको थियो।
कोरोना भाइरसका कारण अहिलेसम्म चीनमा ३ सय ६१ जनाको ज्यान गएको छ भने १७ हजार २ सय ५ जना भाइरसका बिरामी रहेको तथ्यांक आएको छ । यसको असर चीन बाहिरका देशमा पनि फैलिएको छ। आइतबार मात्रै फिलिपिन्समा कोरोना भाइरसका कारण एक जनाको ज्यान गएको छ।



