काठमाडौं, २० माघ । चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ सय ६१ पुगेको छ ।
सोमबार बिहानसम्म ज्यान गुमाउनेको संख्या ३ सय ६१ पुगेको छ भने १७ हजारभन्दा धेरैमा संक्रमण भएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले पुष्टि भएको जनाइएको छ ।
कोरोनाका कारण एकै दिन ७५ जनाको मुत्यु भएको खबर आएको छ। चीनभन्दा बाहिर २४ देशमा गरी १ सय ५० जनामा कोरोना संक्रमण भएको पुष्टि भैसकेको छ ।

चीन बाहिर आइतबार फिलिपिन्समा पनि एक जनाको मृत्यु भएको छ । कोरोना भाइरसको कारण चीनको वुहान सहरमा यातायात तथा बजार सबै बन्द रहेका छन् ।



