advertisement

प्रमुख पौडेल नगरपालिकाबाट घर जाने क्रममा बलम्बू १२ स्थित च्याउ सहकारी अगाडि अख्तियारको जिपले रोकेर खानतलासी गर्न थाल्दा उक्त १ लाख नगद भेटिएको हो ।

टोलीले पौडेल चढ्ने बा २ झ २१५२ नम्बरको गाडी समेत नियन्त्रणमा राखेको छ । पौडेल र उनका ड्राइभरलाई आयोगको कार्यालय टंगालमा लगेको बताइएको छ।

" /> चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एक लाख घुससहित पक्राउ - Sarbocha Media

चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एक लाख घुससहित पक्राउ

`

     २०७६ माघ २० गते २:०६

काठमाडौँ, २० माघ । चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एक लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको टोलीले गाडीको पछाडिको सिटमा खानतलासी गर्ने क्रममा एक लाख नगद भेटिएपछि उनलाई नियन्त्रणमा लिएको हो ।

रकमसहित प्रमुख पौडेल र उनका ड्राइभर सचित दुलाललाई अख्तियारको टोलीले आइतबार नियन्त्रणमा जनाइएको छ । पौडेल र उनका ड्राइभरलाई पक्राउ गरिएको पुष्टि भइसकेका छन् ।

advertisement

प्रमुख पौडेल नगरपालिकाबाट घर जाने क्रममा बलम्बू १२ स्थित च्याउ सहकारी अगाडि अख्तियारको जिपले रोकेर खानतलासी गर्न थाल्दा उक्त १ लाख नगद भेटिएको हो ।

टोलीले पौडेल चढ्ने बा २ झ २१५२ नम्बरको गाडी समेत नियन्त्रणमा राखेको छ । पौडेल र उनका ड्राइभरलाई आयोगको कार्यालय टंगालमा लगेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?