advertisement
" /> बामदेव गौतम बने नेकपा उपाध्यक्ष - Sarbocha Media

बामदेव गौतम बने नेकपा उपाध्यक्ष

`

     २०७६ माघ १९ गते १०:२२

काठमाडौं, १९ माघ ।  नेकपा केन्द्रीय समिति बैठकले सचिवालय सदस्य बामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

बुधबारबाट राजधानीमा सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले पेश गरेको संगठनात्मक प्रतिवेदन र विधान संशोधन प्रस्ताव सर्वसम्मतिले पारित गरे लगत्तै बामदेवलाई उपाध्यक्ष बनाउने प्रस्ताव पारित गरेको हो ।

केन्द्रीय सदस्य सूर्य थापाले भने, ‘कमरेड वामदेव गौतमलाई पार्टी उपाध्यक्ष बनाउने सर्वसम्मत निर्णय भएको छ ।’

advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?