काठमाडौँ, १९ माघ । चीनमा रहेका ३५ जना नेपाली विद्यार्थीले घर फर्कन आवेदन फारम भरेका छन् । नेपाली विद्यार्थीलाई घर फर्काउन बेइजिङस्थित नेपाली दूतावासले पहल थालेको पहिलो दिनमा ३५ जना विद्यार्थीले घर फर्कन आवेदन फारम भरेका हुन् ।
सरकारको निर्देशनमा दूतावासले शनिबार बिहान सूचना प्रकाशित गर्दै चीनको हुबेई प्रान्तअन्तर्गतका विद्यार्थी घर फर्काउन आइतबार (फेब्रुअरी २ तारिख) को बिहानभित्र तोकिएको आवेदन भर्नुपर्ने प्रबन्ध तय गरेको थियो । दूतावासका अनुसार फोन र विच्याटमार्फत विद्यार्थीबारेको सूचना आइरहे पनि घर फर्कन चाहेर फर्म भरेर पठाउने विद्यार्थीको संख्या भने ३५ मात्र रहेका छन् ।

हुबेई प्रान्तका वुहान, इनसी र सियानसहितका चार सहरमा रहेका १ सय ८८ नेपाली विद्यार्थी सबैजसो भाइरस संक्रमणबाट सुरक्षित रहेको दूतावासले जनाएको छ ।




