काठमाडौं, १९ माघ। ललितपुरको एक कवाडीखानामा भीषण आगलागी हुँदा घाइते हुनेको संख्या पाँच पुगेको छ । यो भन्दा अगाडि एक जान घाइते भएका थिए ।
आइतबार बिहान ललितपुरको बखुन्डोलस्थित उत्तर कोरियाली दूतावास नजिकै कवाडीखानामा आगलागी भएको हो । आगलागीले उग्र रुप लिएको जनइएको छ। आगोले कवाडीखाना नजिकैको घरहरुमा पनि क्षति पुर्याएको छ ।

ललिपुर महानगरपालिका, काठमाडौं महानगरपालिका र नेपाली सेनाको दमकलले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेको बताइएको छ ।




