advertisement

१५ वटा विभिन्न समूहबाट राजनीतिक प्रतिवेदन तथा संगठनात्मक पतिवेदनका साथै विधान संशोधन प्रस्तावमाथि आएका सुझाव र प्रश्नहरूबारे प्रचण्ड र विष्णु पौडेलले विस्तृतमा जवाफ दिनेछन् । केन्द्रीय कमिटी बैठकले विभिन्न प्रस्तावहरू पारित गर्नेछ ।

" /> नेकपाको केन्द्रीय कमिटी बैठक आज समापन हुँदै - Sarbocha Media

नेकपाको केन्द्रीय कमिटी बैठक आज समापन हुँदै

`

     २०७६ माघ १९ गते ५:४१

काठमाडौं, १९ माघ । नेकपाको केन्द्रीय कमिटी बैठक आज समापन हुँदैछ । बैठकमा दुवै अध्यक्ष र महासचिवले जवाफ दिएपछि समापन हुने भएको हो ।

चार दिनदेखि जारी बैठकको अन्तिम दिन अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलले केन्द्रीय सदस्यहरुका प्रश्नको जवाफ दिने जनाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले समापनका अवसरमा केन्द्रीय सदस्यहरूलाई सम्बोधन गर्ने बताइएको छ । दस्तावेजमाथिको जवाफ भने प्रस्तोता अध्यक्षबाटै दिइने जनाइएको छ।

advertisement

१५ वटा विभिन्न समूहबाट राजनीतिक प्रतिवेदन तथा संगठनात्मक पतिवेदनका साथै विधान संशोधन प्रस्तावमाथि आएका सुझाव र प्रश्नहरूबारे प्रचण्ड र विष्णु पौडेलले विस्तृतमा जवाफ दिनेछन् । केन्द्रीय कमिटी बैठकले विभिन्न प्रस्तावहरू पारित गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?