काठमाडौं, १९ माघ । बजारमा प्याजको मूल्यले सताइरहेको समयमा लसुनको मूल्य पनि दोब्बरले वृद्धि भएको छ । अहिले बजारमा सुकेको लसुनको मूल्य ५ सय ५० रुपैयाँ पुगेको छ ।
१५ दिन अघिसम्म कालिमाटी बजारमा २४५ ले पाउने सुकेको लसुन बढेर ५५० रुपैयाँ प्रतिकेजीमा पुगेको हो । लसुनको मूल्य दिन-दिनै बढ्दै गएको तरकारी व्यापारीहरु बताउँछन् ।

अझ बजारमा खुद्रा मूल्य ६०० माथि पुग्न थालेको जनाइएको छ। तरकारी तथा फलफूल व्यवसायी संघकाका अनुसार दुई हप्ता १२५ प्रतिशतले लसुनको मूल्य बढेको छ ।
चीनबाट हुने आयात प्रभावित भएपछि लसुन महंगिएको हो । अझै एक महिना लसुन महंगिने क्रम जारी रहने समभावना रहेको जनाइएको छ ।




