काठमाडौं, १८ माघ । अभिनेत्री आँचल शर्माको पनि विवाह हुने पक्का भएको छ । केही दिन अगाडि अभिनेत्री प्रियंक कार्कीको विवाहाको मिति तय भएको थियो ।
केही समयदेखि प्रेममा रहेकी आंचल प्रेमी उदिप श्रेष्ठसँग वैवाहिक जीवनमा बाँधिदै छिन् ।आंचल र उदिपको यही फागुन महिनाको अन्तिम तिर विवाह हुने भएको छ । उनले शुक्रवार आफ्नो परिवारसँग हुनेवाला दुलही भन्दै केक काटेकी थिइन् ।

केही समय यता आँचल र उदिपको प्रेमको बारेमा चर्चा चलिरहेको थियो । उनीहरु एकअर्काबीच भेटघाट गरिरहेको तस्वीरहरु सामाजिक संजालमा पोष्ट गर्दै आएका छन् ।




