काठमाडौं, १८ माघ । चीनले नेपालीहरुको जीवन रक्षा र स्वास्थ्य उपचारको ग्यारेन्टी गरेकाे छ ।
कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीहरुको जीवन रक्षा र स्वास्थ्य उपचारको ग्यारेन्टी गरेकाे भन्दै चीनले शनिबार एक विज्ञप्ति जारी गरेको छ । उक्त प्रेस विज्ञप्ति नेपालस्थित चिनियाँ दूतावासले जारी गरेकाे हाे ।

चीनमा रहेका ‘विद्यार्थीहरुसहित केही नेपालीहरुको जीवन तथा स्वास्थ्य उपचारको ग्यारेन्टी गरिएको उक्त विज्ञप्तिमा उल्लेख छ । चीनको वुहानबाट कोरोना भाइरस फैलिएको थियो ।




