सिडनी विश्वविद्यालयका इकोलोजिस्टहरूले अनुमान गरेअनुसार सेप्टेम्बरमा सुरु भएको उक्त विनाशकारी आगोले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा करिब ५० करोड स्तनपायी, चराचुरुङ्गी र सरीसृपहरूको हत्या गरेको छ ।

जंगलमा आगो निभाउने क्रममा गाडीमाथि बलिरहेको रुख खस्दा तीनजना अग्नि नियन्त्रकको गत महिना मृत्यु भएको थियो ।

आगलागीमा परेर उपचारमा रहेको आमाको मायामा समर्पित कोअलाको बच्चा

आगलागीमा परी अहिलेसम्म १८ जनाभन्दा बढीको मृत्युः

पछिल्लो २४ घण्टामा अष्ट्रेलियामा डढेलोका कारण सातजनाको मृत्यु भएको छ । आगलागीको घटनामा पछिल्लो चार महिनामा अहिलेसम्म १८ जनाभन्दा बढीको मृत्यु भएको छ भने थुप्रै हराइरहेका छन् ।  आगलागीपछि न्यू साउथ वेल्समा अहिलेसम्म हजार बढी घर जलेर खरानी भएका छन् । आगो दक्षिण–पूर्वी अष्ट्रेलियाका तीन लाख हेक्टर क्षेत्रमा फैलिएको छ । न्यू साउथ वेल्सका अधिकारीले शहरमा संकटकालको घोषणा समेत गरेको छ ।

गत अगस्टमा अमेजन क्षेत्रमा पनि विशाल आगलागी भएको थियो । अमेजन वर्षावन क्षेत्रलाई पृथ्वीको फोक्सो भनेर पनि चिनिन्छ । यो वन क्षेत्रले मात्रै पृथ्वीमा उत्पादन हुने कुल अक्सिजनको २०% मात्रा उत्पादन गर्ने गर्छ । यो वन विश्वको सबैभन्दा बढी जैविक विविधताले भरिएको वनको रूपमा पनि रहेको छ ।

यही अमेजन वर्षावनले क्षेत्रीय र विश्वव्यापी मौसममा महत्त्वपूर्ण र जटिल भूमिका खेल्ने गर्छ ।

विश्वको वातावरण सुरक्षित हुन सम्पूर्ण जीवजन्तु र वनस्पतिको सहअस्तित्व अनिवार्य छ । यस्ता आगलागीका कारण कतिपय वनस्पति र जीवको अस्तित्व विनाश भएको छ, हुने गर्दछ ।

advertisement

यी भयानक घटनाहरू बिग्री रहेको संसारको पर्यावरणीय अवस्थाका थप विनाशकारी घटना हुन् ।

वन जोगाऔँ, विश्व बचाऔँ ।

यो पनि पढ्नुहोस्ः

अस्ट्रेलियाको आगलागीमा ५० करोड जनावर मरे भनेर कसले भनेको हो?

आगलागीमा ५० करोड जनावर मरेसँगै अस्ट्रेलियामा हजारौँ उँटलाई पनि मारिने

अस्ट्रेलियाको आगो निभाउन लियोनार्दो डिकाप्रियोले गरे ६३ करोड सहयोग

" /> अस्ट्रेलियाको आगलागीमा ५० करोड जनावर मरे - Sarbocha Media

अस्ट्रेलियाको आगलागीमा ५० करोड जनावर मरे

`

     २०७६ पौष १८ गते ४:००

अस्ट्रेलियाको आगलागीमा सरदर ५० करोड जनावर मरेका छन् । आगलागी भएको क्षेत्र विश्वकै सबैभन्दा ठुलो रेनफरेस्ट मध्येको एक हो जुन डाइनोसरको समयदेखि अस्तित्वमा रहेको छ ।

सिड्नी विश्वविद्यालय ‘इकोलोजी’का प्राध्यापक क्रिस डिकम्यानका अनुसार केही चिज सम्भवतः सधैँका लागि लुप्त भएका छन् ।

सिडनी विश्वविद्यालयका इकोलोजिस्टहरूले अनुमान गरेअनुसार सेप्टेम्बरमा सुरु भएको उक्त विनाशकारी आगोले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा करिब ५० करोड स्तनपायी, चराचुरुङ्गी र सरीसृपहरूको हत्या गरेको छ ।

जंगलमा आगो निभाउने क्रममा गाडीमाथि बलिरहेको रुख खस्दा तीनजना अग्नि नियन्त्रकको गत महिना मृत्यु भएको थियो ।

आगलागीमा परेर उपचारमा रहेको आमाको मायामा समर्पित कोअलाको बच्चा

आगलागीमा परी अहिलेसम्म १८ जनाभन्दा बढीको मृत्युः

पछिल्लो २४ घण्टामा अष्ट्रेलियामा डढेलोका कारण सातजनाको मृत्यु भएको छ । आगलागीको घटनामा पछिल्लो चार महिनामा अहिलेसम्म १८ जनाभन्दा बढीको मृत्यु भएको छ भने थुप्रै हराइरहेका छन् ।  आगलागीपछि न्यू साउथ वेल्समा अहिलेसम्म हजार बढी घर जलेर खरानी भएका छन् । आगो दक्षिण–पूर्वी अष्ट्रेलियाका तीन लाख हेक्टर क्षेत्रमा फैलिएको छ । न्यू साउथ वेल्सका अधिकारीले शहरमा संकटकालको घोषणा समेत गरेको छ ।

गत अगस्टमा अमेजन क्षेत्रमा पनि विशाल आगलागी भएको थियो । अमेजन वर्षावन क्षेत्रलाई पृथ्वीको फोक्सो भनेर पनि चिनिन्छ । यो वन क्षेत्रले मात्रै पृथ्वीमा उत्पादन हुने कुल अक्सिजनको २०% मात्रा उत्पादन गर्ने गर्छ । यो वन विश्वको सबैभन्दा बढी जैविक विविधताले भरिएको वनको रूपमा पनि रहेको छ ।

यही अमेजन वर्षावनले क्षेत्रीय र विश्वव्यापी मौसममा महत्त्वपूर्ण र जटिल भूमिका खेल्ने गर्छ ।

विश्वको वातावरण सुरक्षित हुन सम्पूर्ण जीवजन्तु र वनस्पतिको सहअस्तित्व अनिवार्य छ । यस्ता आगलागीका कारण कतिपय वनस्पति र जीवको अस्तित्व विनाश भएको छ, हुने गर्दछ ।

advertisement

यी भयानक घटनाहरू बिग्री रहेको संसारको पर्यावरणीय अवस्थाका थप विनाशकारी घटना हुन् ।

वन जोगाऔँ, विश्व बचाऔँ ।

यो पनि पढ्नुहोस्ः

अस्ट्रेलियाको आगलागीमा ५० करोड जनावर मरे भनेर कसले भनेको हो?

आगलागीमा ५० करोड जनावर मरेसँगै अस्ट्रेलियामा हजारौँ उँटलाई पनि मारिने

अस्ट्रेलियाको आगो निभाउन लियोनार्दो डिकाप्रियोले गरे ६३ करोड सहयोग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?