काठमाडाैं, १७ माघ । नेकपाको जारी दोस्रो केन्द्रीय कमिटी बैठकमा तत्कालिन सभामुख कृष्णबहादुर महराको विषयमा पार्टीभित्रैबाट छानबिन गर्नुपर्ने माग उठेको छ । पार्टीमा भएको समूहगत छलफलका क्रममा महराको विषयमा नेकपा भित्रैबाट छानबिन गरेर जानुपर्ने आवाज उठेको हो ।
जारी बैठकमा ९ नम्बर समूहका सदस्यहरुले महरालाई बढि नै अन्याय भएको हुनसक्ने भन्दै पार्टीले आन्तरिक छानबिन गरेर न्याय दिनुपर्ने माग गरेका थिए ।
‘तत्कालिन सभामूख महरालाई जुन आरोप लागेको छ । त्यसबारे पार्टीभित्र उच्चस्तरीय छानबिन समिति गठन गरेर अघि बढ्नुपर्छ,’ एक केन्द्रीय सदस्यले रातोपाटीसँग भने, ‘यसलाई बाहिर जति विवादको विषय बनाइएको छ । त्यो पार्टीभित्रबाटै सल्ट्याउनुपर्ने विषय हो ।’

९ नम्बर समूहको नेतृत्व केन्द्रीय सदस्य भगवती चौधरीले गरेकी छन् । तत्कालिन सभामुख महरा बलात्कार प्रयासको आरोपमा मुद्दा खेपिरहेका छन् ।
हाल उनी डिल्लीबजार कारागारमा जेलजीवन बिताइरहेका छन् ।




