काठमाडौं, १६ माघ। चीनमा कोरोनो भाइरसबाट ज्यान जानेको संख्या १७० पुगिसकेको छ । कोरोना भाइरस चीनको वुहानबाट सुरु भएको हो ।
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण हाल १६ देशमा फैलिइसकेको जनाइएको छ । चीनका सबै प्रान्तका बासिन्दा कोरोनाबाट प्रभावित भएका बताइएको छ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पूरै विश्वलाई चीनबाट फैलिएको कोरोना भाइरसबाट जोगिन सतर्क रहन अपिल गरेको छ । सन् २०१२ मा चीनमा फैलिएको सार्स भाइरसको संक्रमणका कारण ७७४ जनाको ज्यान गएको थियो ।



