काठमाडौं, १६ माघ । मानव बेचबिखनको अभियोगमा एक वडाध्यक्षसहित तीन जनालाई पक्राउ गरेको छ । मानव बेचबिखन आरोपमा पक्राउ पर्नेमा काठमाडौंको दक्षिणकाली नगरपालिका–४ का वडाध्यक्ष पुष्कर खड्का, व्रिजगोपाल श्रेष्ठ र नवल ठाकुर रहेका छन् । उनीहरुलाई शुक्रबार सानेपाबाट नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

प्रहरीले नियन्त्रणमा लिएका ठाकुर भारत मोतिहारी र श्रेष्ठ काठमाडौं महानगरपालिका १६ का स्थायीबासिन्दा हुन् । एक महिलाले देहव्यापार गर्ने गरेको उजुरी दिएपछि महानगरीय प्रहरी परिसर, ललितपुर र महानगरीय प्रहरी प्रभाग सानेपाको संयुक्त टोलीले तीन जनालाई नियन्त्रणमा लिएको जनाइएको छ।
नियन्त्रणमा लिएका तीन जनालाई मानव बेचबिखन तथा ओसारपसार ऐनअनुसार ९ दिन म्याद थपेर अनुसन्धान गरिरहेको बताइएको छ।




