चितवन, १६ माघ। चितवनको माडी नगरपालिका वडा नं. २ सितलपुरकी एक वृद्धामाथि समूहिक बलात्कार गरेको अभियोगमा तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बुधबार साँझ बोल्न नसक्ने वृद्धामाथि सामूहिक बलात्कार गरेको बताइएको छ। सामूहिक बलात्कारको आरोप लागेका तीन जना माडी ४ शिलतपुर निवासी १८ वर्षका सन्दिप भण्डारी, २५ वर्षका सुरेश चापागाई र २८ वर्षका रमेश सारु मगर रहेका छन् ।

वृद्धालाई बलात्कार गरेको आरोप लागेका तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।




