advertisement

वीर शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा, धर्मभक्त माथेमालाई माघ १३ गते सिफलमा तथा गंगालाल श्रेष्ठ एवं दशरथचन्द ठकुरीलाई माघ १५ गते शोभा भगवतीमा र लखन थापामगरलाई विसं १९३३ फागुन २ गते बुङ्कोटको काउले भँगारमा झुन्ड्याएर मृत्युदण्ड दिइएको थियो ।

" /> देश र जनताको लागि जीवन त्याग गर्ने शहीदहरुको सम्झनामा देशभर शहीद दिवस मनाइँदै - Sarbocha Media

देश र जनताको लागि जीवन त्याग गर्ने शहीदहरुको सम्झनामा देशभर शहीद दिवस मनाइँदै

`

     २०७६ माघ १६ गते ४:०२

काठमाडौँ, १६ माघ । देश र जनताको अधिकारका लागि जीवन आहुति दिने शहीदहरुको सम्झनामा आज देशभर विविध कार्यक्रम गरी शहीद दिवस मनाइँदै छ ।

माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमकासाथ शहीद सप्ताह मनाउने गरिन्छ । महान शहीदहरू धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री र लखन थापामगर राणा शासनविरूद्ध लडेका शहीदहरूको सम्झनामा शहीद दिवस मनाउन थालिएको हो । यस दिन शहीद धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री र लखन थापामगर लगायतका शहीदहरूको सम्झना गरिन्छ ।

यही दिवसका अवसरमा राष्ट्रपति, उराष्ट्रपति र प्रधानमन्त्रीले शहीदहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्नुहुनेछ । प्रत्येक बर्षको माघ १६ गतेलाई देशको परिवर्तनमा आफ्नो ज्यान गुमाएका वीर शहीदहरुको सम्झनामा शहीद दिवस मनाउने गरिन्छ । विक्रम सम्वत १९९७ सालमा तत्कालीन राणा शासकहरुले नागरिक स्वतन्त्रताको माग गरेको भन्दै स्वतन्त्रता आन्दोलनका अगुवाहरुलाई मृत्युदण्ड दिएको थियो ।

advertisement

वीर शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा, धर्मभक्त माथेमालाई माघ १३ गते सिफलमा तथा गंगालाल श्रेष्ठ एवं दशरथचन्द ठकुरीलाई माघ १५ गते शोभा भगवतीमा र लखन थापामगरलाई विसं १९३३ फागुन २ गते बुङ्कोटको काउले भँगारमा झुन्ड्याएर मृत्युदण्ड दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?