advertisement

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पक्राउ पर्नेमा भारत हिमाञ्चल प्रदेश धौलाकुवाको ३२ वर्षीय सुभाष चन्द रहेका छन् । चन्दले बा.६ च.७४४० नं.को सेन्ट्रो कारलाई रिजर्भ गरी २ हजारको ६०० थान भारतीय रुपैया लिएर भारत जान लागेका थिए । सुभाष चन्दलाई आवश्यक अनुसन्धानको लागि आन्तरिक राजश्व कार्यालय पथलैयामा पठाइएको छ ।

" /> १२ लाख अवैध भारूसहित एक भारतीय नागरिक पक्राउ - Sarbocha Media

१२ लाख अवैध भारूसहित एक भारतीय नागरिक पक्राउ

`

     २०७६ माघ १६ गते ३:४३

वीरगंज, १६ माघ । वीरगंजमा एक भारतीय नागरिक अवैध १२ लाख भारतीय रुपैयाँसहित पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो ।

प्रहरी टोलीले विशेष सूचनाको आधारमा दिउँसो १२ बजेको समयमा वीरगंज महानगरपालिका वडा नं. ८ घण्टाघरमा भारत जान लागेको सवारीसाधन तथा पैदल यात्रुलाई चेकजाँच गर्ने त्रममा अवैध भारतीय १२ लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको जनाइएको छ । अवैध भारतीय रकम बोकेको भारतीय नागरिक नेपालको सिमाना हुंदै भारतको रक्सौल लाग्दै गरेका थिए । उक्त समयमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

advertisement

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पक्राउ पर्नेमा भारत हिमाञ्चल प्रदेश धौलाकुवाको ३२ वर्षीय सुभाष चन्द रहेका छन् । चन्दले बा.६ च.७४४० नं.को सेन्ट्रो कारलाई रिजर्भ गरी २ हजारको ६०० थान भारतीय रुपैया लिएर भारत जान लागेका थिए । सुभाष चन्दलाई आवश्यक अनुसन्धानको लागि आन्तरिक राजश्व कार्यालय पथलैयामा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?