advertisement

प्रहरी गस्ति टोली र अपराधी समूहबीच भेट भएपछि अपराधी समूहले गोली चलाएपछि प्रहरीको जवाफी कारवाहीमा चलाएको गोली शेख चाँदको खुट्टामा लागेको बताइएको छ ।

" /> रौतहटमा प्रहरी र भारतीय आपराधिक समूहबीच गोली हानहान हुँदा १ घाइते - Sarbocha Media

रौतहटमा प्रहरी र भारतीय आपराधिक समूहबीच गोली हानहान हुँदा १ घाइते

`

     २०७६ माघ १५ गते ७:१५

रौतहट, १५ माघ । रौतहटमा प्रहरी र भारतीय आपराधिक समूहबीच गोली हानहान हुँदा आपराधिक समूहका १ जना घाइते भएका छन् ।गोली लागेर घाइते हुनेमा २० वर्षीय चाँद अली घाइते भएका हुन् ।

गएराती इशनाथ नगरपालिका १ बन्जरास्थित नेपाल भारत सीमासंग जोडिएको बकैया नदिको बाँधमा प्रहरी र भारतीय आपराधिक समूहबीच गोली हानाहान भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ । आपराधिक समूह भारत हुँदै नेपाल प्रवेश गर्न लागेको सूचना पाएपछि प्रहरी टोली नेपाल–भारत सिमानामा पुगेको थियो ।

advertisement

प्रहरी गस्ति टोली र अपराधी समूहबीच भेट भएपछि अपराधी समूहले गोली चलाएपछि प्रहरीको जवाफी कारवाहीमा चलाएको गोली शेख चाँदको खुट्टामा लागेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?